Skip to main content

Khabar Samachar

Search
Close this search box.

जन्मेको १८ महिनामा महिनावारी, सात वर्षमा देखिन थालिन् युवती

268
VIEWS

उनी दुई वर्ष पनि पुगेकी थिइनन् तर महिनावारी भइन् । सात वर्ष पुग्नै लाग्दा शरीर एक युवतीको जस्तै परिपक्व हुन थालिसकेको थियो । यसैकारण उनका सहपाठी र साथीभाइका अभिभावकले उनलाई भिन्न दृष्टिकोणले हेर्ने गर्दथे । अन्य साथीभन्दा भिन्न छु भन्ने लागेपछि उनलाई पनि असजिलो, अप्ठेरो महसुस हुन थाल्यो । उनी धेरैजसो तनावमा रहन थालिन् । यो कहानी हो हाल २३ वर्ष पुगेकी लिजा लुइसको । लिजा असामयिक प्युबर्टीबाट ग्रसित छिन् । लिजाले अब आफ्नो कहानी विश्वमाझ साझा गर्ने सोच बनाएकी छिन् ।

अमेरिकाको सर्वोच्च अदालतद्वारा गर्भपतनसम्बन्धि अधिकार समाप्त हुने गरी फैसला गरेपछि उनी विशेष चर्चामा आएकी छिन् । उनले आफ्नो अवस्थालाई वर्णन गर्दै सर्वोच्चको फैसलाको विरोध गरेकी थिइन् ।

असामयिक प्युबर्टी निकै दुर्लभ स्थिति हो । यो स्थितिमा बच्चाको शरीर समय अगावै विकसित हुन थाल्छ । यहाँसम्म कि हिँड्न जान्नु अघि नै । जन्मिएको डेढ वर्षपछि नै लिजाको शरीर वयस्कको जस्तो परिपक्व हुन थालेको थियो । प्राथमिक विद्यालयमा नै उनको नियमित महिनावारी सुरु भइसकेको थियो । ८ वर्षको उमेरदेखि नै उनले वयस्कले झैँ ब्रा लगाउनु पर्दथ्यो ।

बेलायतको न्युक्यासलमा बस्ने २३ वर्षकी कस्टमर सर्भिस वर्कर लिजा लुईसले यो स्थितिका कारण उनका सहपाठीले उनलाई नराम्रोसँग जिस्काउने स्मरण गरिन् ।

लिजाले भनिन्, ‘म अरुभन्दा अलि  बढी नै विकसित थिएँ । मेरो स्तनको आकार निकै बढिसकेको थियो । ७ वर्षको उमेरदेखि नै यो स्पष्ट रुपमा देखिन थालिसकेको थियो । ‘

‘प्राथमिक विद्यालयमा पढ्दै गर्दा स्कूलसँगै स्विमिङका लागि पनि जाने गर्दथेँ । त्यतिबेला चेन्जिङ रुममा ममाथि लगातार कमेन्ट भइरहन्थ्यो । केटाहरुले ममाथि ब्रेस्ट इम्प्लान्टको आरोप लगाउँथे तर म एउटी सानी बच्ची थिएँ । अरु बच्चाका अभिभावकले पनि मलाई घुरेर हेर्थे, नानाथरी भन्थे,’ उनले स्मरण गरिन् ।

लिजाका अनुसार उनी १८ महिनाको हुँदा उनकी आमाले छोरीको यौनाङ्गबाट रगत निस्किरहेको देखेकी थिइन् । यो देख्दा उनकी आमा निकै चिन्तित भएकी थिइन्, डाक्टरले उनलाई तत्काल अस्पताल पुर्याए ।

लिजाले भनिन्, ‘मेरो रक्तश्राव असामान्य रुपमा सुरु भएको थियो त्यसैले मेरा अभिभावकले मलाई डाक्टर भएठाउँ लिएर गए । डाक्टरले मेरा अभिभावकलाई यो प्रिकोसियस प्युबर्टी (असामयिक प्युबर्टी) का कारण भएको हो कि भन्ने प्रारम्भिक जानकारी दिए । परीक्षणपछि त्यस्तै रहेछ भन्ने पुष्टि भयो । म एक वयस्क महिला झैँ महिनावारी हुन थालिसकेको थिएँ ।’

लिजाले आफ्ना अभिभावकले असाध्यै धेरै सपोर्ट गर्ने भएकोले आफूले कहिल्यै एक्लो महसुस नगरेको बताइन् । उनले भनिन्, ‘मेरा अभिभावकले शरीरमा भइरहेको परिवर्तनलाई साधारण तरिकाले स्वीकार गर्न सिकाउनुभयो । मलाई त्यतिबेला जे जति सहयोगको आवश्यकता थियो, ती सबै उपलब्ध गराउनुभयो ।’

‘विद्यालयले पनि मेरा लागि प्याड राखिदिन्थ्यो । मैले आफैँलाई बुझ्न विद्यालयले पनि अत्यधिक सहयोग गरेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित