Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाली कांग्रेसले गर्यो आचार संहिता उल्लंघन,चुनावी प्रचारमा भारतीय गाडी प्रयोग

207
VIEWS

लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री सहसराम यादवले निर्वाचन प्रचारका निम्ति आचारसंहिता उल्लंघन गर्दै भारतीय गाडीको लस्करसहित चुनावी प्रचार गरेका छन्। आगामी मंसिर ४ मा हुने निर्वाचनमा यादव कपिलवस्तु क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार छन्।

यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भई प्रदेश सभा सदस्य बनेका यादव उम्मेदवारी दर्ताको अन्तिम समयमा नेपाली कांग्रेस प्रवेश गरेका थिए। जसपाबाट उम्मेदवारी मनोनयनका लागि निर्वाचन कार्यालय हिँडेका यादवले निर्वाचन कार्यालय पुगेपछि नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका थिए।

यादव अहिले युपी ५५ एके ५५१३ नम्बर सहितका भारतीय गाडीहरू प्रयोग गर्दै चुनावी प्रचारमा लागेका हुन्। सरकारका मन्त्रीले नै निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गर्दै आए पनि निर्वाचन आयोगले भने कसैको उजुरी नपरेको बताएको छ।निर्वाचन आयोगका अनुसार भारतीय सवारी साधन प्रयोग गर्नु आचारसंहिता विपरीत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित