आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको जित निकालेको छ। लिग टुमा नेपालको यो लगातार पाँचौं जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो ।
जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ ।
पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए ।
पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले ४२.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका दिलाएका थिए।
३९ बलको सामना गरेका आशिफले ५ चौका हान्दै ४४ रनमा रनआउट भए।
कुशल भुर्तेल ५६ रन बनाउँदा क्याच आउट भए। ६९ बलमा कुशलले ५ चौका हाने। ज्ञानेन्द्र मल्ल ४ रनमा बोल्ड आउट भए। आरिफ शेख ३८ र कप्तान रोहित पौडेल २० रनमा पवेलियन फर्के। दिपेन्द्र सिंह ऐरिले १८ रन थपे।
पीएनजीका असद भालाले ३ विकेट लिए। कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा नटआउट रहे।
त्यसअघि दुवईको इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए ।
कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।
सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए ।
सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए । करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए । नेपाली बलरहरुमध्ये केही महँगा बनेका प्रतिशले पहिलो खेलमा ६ ओभर बलिङ गर्दा ३७ रन खर्चिए ।
पीएनजीका लागि कप्तान असाद भाला र चाड सोपरले समा ३६ रन बनाए। सेसे बाउ ३१ रनमा पवेलियन फर्के। किप्लीन डोरिगाले २९ र नोरमान भाउवाले २५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
Discussion about this post