Skip to main content

Khabar Samachar

Search
Close this search box.

सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान

213
VIEWS

 

क्रिकेटर सन्दीप लामिछाने आईसीसी लिग डिभिजन २ अन्तर्गत यूएईमा जारी त्रिदेशीय सिरिज खेल्न त्यसतर्फ उडेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए ।

नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ ।

सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउने निर्णय लिएको छ। यूएईमा रहेका नेपाली टिमका श्याम ढकाल (मौसम) घाइते छन्।

उनी नेटमा प्रशिक्षणका क्रममा घाइते भएका छन्। स्रोतका अनुसार ढकाल प्रशिक्षणका क्रममा काँधमा चोट लागेर घाइते भएका हुन्।

सन्दीपले श्याम ढकालको स्थान लिने बताइएको छ। श्याम ढकालको स्थान लिएपछि सन्दीपले बिहीबार नै सम्भवत: यूएईविरुद्धको खेलमा बलिङ गर्न सक्नेछन्।

सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित