Khabar Samachar

Search
Close this search box.

एमाले संसद विघटनको दाउमा छः माधव नेपाल

203
VIEWS

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन्।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए ।

उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए।

उनले भने, ‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं। त्यो बाटोमा त हामी जान सक्दैनौं। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं।’

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए।

उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित