Khabar Samachar

बिनोद राईले जिते ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि

211
VIEWS

नेपालको चर्चित  गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि बिनोद राईले जितेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्राण्ड फिनालेमा टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका राई विजेता घोषित भएका हुन् ।

जितसँगै उनले २० लाख नगद सहितका पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए भने टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

दर्शकको सर्वाधिक भोटको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ ।

फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए भने भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित