Khabar Samachar

२ करोड ३३ लाख मूल्य बराबरको कोकिनसहित दुई जना विदेशी पक्राउ

217
VIEWS

प्रहरीले ठमेलबाट कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्या घर भएकी ३६ वर्षीया पिलिसिला वान्जा दिरितु छन् ।आरोपीहरूको साथबाट १ केजी ८० ग्राम लागु औषध कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए । सो लागु औषध केन्याकी पिलिसिलाले इथिओपियाबाट काठमाडौँसम्म ल्याइदिएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख रुपैयाँ बराबर पर्ने बताइएको छ । आरोपीहरु विरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए । पिलिसिलाले लेडिज ब्यागमा फल्स बटन बनाएर सो कोकिन काठमाडौँ सम्म ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित