नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कँडेल नारायणगढ बेलचोकस्थित आफ्नै व्यवसायिक अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।
यसबारेमा थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष हुन्। उनी अहिले कांग्रेस महासमिति सदस्य छन्।
उनी नेपाली काँग्रेस वर्तमान महासमिति सदस्य पनि हुन् । कँडेल चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा परिचित थिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
Discussion about this post