पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिहरूलाई पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
बिहीबार दिउँसो कांग्रेसका कार्यकर्ता तथा कँडेलका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
उनीहरूले पूर्व–पश्चिम राजमार्ग पनि अवरुद्ध पारेर प्रशासनविरूद्ध नाराबाजी गरेका छन्।
कँडेल मंगलबार भरतपुर–३ बेलचोकस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
कोठामा भेटिएको सुसाइड नोटको आधारमा प्रदीप रुंगाटा र जीवन रावलविरूद्ध आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी दर्ता गरेका छन्।
रुंगाटासहितका ८ जनाले कँडेलले स्थापना गरेको अनमोल फिड्सको ८५ प्रतिशत शेयर खरिद गरेका थिए। राउत उक्त कम्पनीका चार्टर एकाउण्टेन्ट हुन्। रुंगाटा र रावलले दिने गरेको तनाव सहन नसकेर कँडेल आत्महत्या गर्न विवश भएको उनका आफन्तहरू बताउँछन्।
अनमोल फिड्सका सञ्चालक कँडेल पुराना पोल्ट्री व्यवसायी हुन्।
उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महासमिति सदस्य भएका थिए। त्यसअघि उनी जिल्ला कोषाध्यक्ष थिए।
Discussion about this post