बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन् । शनिबार वेस्टमिन्स्टर एबीमा विश्वका एक हजार भन्दा बढी नेताहरु र दशौं लाख टेलिभिजन दर्शकका अगाडि उनले राजमुकुट पहिरिएका हुन् ।
धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट चाल्र्स तृतीयको शीरमा राखिदिए ।
सोही समारोहमा आर्चबिसपले क्वीन मेरिज क्राउन रानी कमिलालाई लगाइदिएका छन् ।
राजा चार्ल्स तृतीयको राज्यभिषेकमा १९ वटा सैनिक ब्याण्ड, ३३ वटा कमनवेल्थ देशका प्रतिनिधि, २५० वटा घोडा र ४००० सैनिक सहभागी थिए । यो ७० वर्षपछि बेलायतमा आयोजित सबैभन्दा ठूलो सैनिक परेड हो ।उक्त कार्यक्रममा राजपरिवारका सदस्य, सेलिब्रिटी, विभिन्न देशबाट निम्त्याइएका पाहुना गरी २२ सय भन्दा बढी सहभागी गिए ।
Discussion about this post