नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सञ्चालन पद्धतिप्रति असन्तुष्टि व्यक्त गर्दै ‘अब त अति भयो’ भनेका छन्। आइतबार ट्विट गर्दै उनले पार्टीभित्रका वातावरणलाई सांकेतिक ढंगले प्रस्तुत गरका छन्।
अहिलेसम्म पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसके पनि अब मौन नबस्ने गगनको भनाइ छ ।
उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो !’
Discussion about this post