Khabar Samachar

प्रतिनिधिसभा बैठक : बजेटमाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

202
VIEWS

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी छ।

संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटाैं बैठक बस्न लागेको हो ।

संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बिहान ११ बजे बस्नेछ। बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन्।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित