सोलुखुम्बुका कामीरिता शेर्पा एक साता नपुग्दै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेका छन् । जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका शेर्पाले मंगलबार बिहान दोस्रोपटक आरोहण गरेका हुन् । आज २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।
उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।























Discussion about this post