एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानी टोलीसँग ९ रनले पराजित भएको छ ।
हङकङको मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपालले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो ।
पाकिस्तानले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । पाकिस्तानका चार खेलाडीले मात्रै दोहोरो रन बनाउन सके ।
सवाल जुल्फीकरले बनाएको २८ रननै टिमका लागि सर्वाधिक बन्यो । अनुभवी खेलाडी तथा कप्तान फातिमा सानाले १६, सादफ समासले १२ र गुल फेरोजाले ११ रन जोडे । बाँकी खेलाडी खाता खोल्नै नपाई मैदानबाट बाहिरिए । पाकिस्तानका चार खेलाडीले खाता खोल्न सकेनन् । इन्दु बर्माले तीन विकेट हात पारिन् । कविता कुँवर, कविता जोशी र सीता राना मगरले २ – २ विकेट लिए ।
जवाफमा उत्रिएको नेपाल २० ओभरमा ६ विकेट गुमाएर ७८ रनमा रोकियो । नेपालका कुनै पनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन ।
कविता कुवँरले सर्वाधिक २० रन र कविता जोशीले १५ रन जोडे । अन्य खेलाडी दोहोरो रन बनाउन नपाई मैदान बाहिरिए । तोबा हसन र सायद साले २ – २ विकेट हात पारे । नेपालले आगामी बिहीबार भारतको ए टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
Discussion about this post