Khabar Samachar

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

213
VIEWS

राष्ट्रपति  रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबिस घन्टाको  अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।

मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो।

गंगालालमा पौडेलको मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको हो। उनको अवस्था सामान्य देखिएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित