Khabar Samachar

जिम्बाब्वेलाई नेपालले दियो २९१ रनको लक्ष्य

202
VIEWS

विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।

हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए। नेपालले ओडिआइमा कुनै पनि टोलीविरुद्ध पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेको हो।

यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए।

भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का मद्दतमा ९९ रन बनाउँदा बोल्ड आउट भए। करियरको दोस्रो शतक ननिक पुगेका कुशल वेलिंग्टन मसाकाद्जाको बलमा बोल्ड आउट भए।

अर्का ओपनर आशिफ ६६ रनमा क्याच आउट भए। एक सय बलको सामना गरेका आशिफले ७ चौका प्रहार गरे। लामो सट खेल्ने धुनमा रहेका आशिफ वेलिंग्टन मसाकाद्जा कै बलमा क्याच आउट भए।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडल र कुशल मल्लले ७२ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। रोहित ३१ रनमा क्याच आउट भए। कुशल मल्ल ४१ रनमा आउट भए।

मल्लले ४२ बलमा ३ छक्का र २ चौका प्रहार गरे। आरिफ शेखले १० रन थपे। गुलशन झाले १३ बलमा १३ रन जोडे । भीम सार्की शून्य रनमै आउट हुँदा दिपेन्द्रसिंह ऐरीले ६ रन, करन केसीले २ रन जोडे।

जिम्बाबेका लागि रिचार्ड एग्राभाले ४ तथा वेलिंग्टन मसाकाद्जाले २ विकेट लिए। टेन्डाइ चतारा र ब्लेसिङ मुजाराबानीले समान एक/एक विकेट आफ्नो नाममा गरे। ७ ओभर बलिङ गरेका चताराले १ मेडन राख्दै ५९ रन खर्चे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित