Khabar Samachar

Search
Close this search box.

जिम्मेवारी दिए वामदेव गौतम एमालेमा समाहित हुन तयार

206
VIEWS

नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए । ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो’, गौतमले ओलीसँगको भेटवार्तापछि भने, ‘आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ ? पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौ भनेर भनेँ ।’गौतमले बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म काम गर्न पाउनेगरी एमालेमा जिम्मेवारी दिन सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

साथै, उनले आफूसँग भएको नेकपा एकता राष्ट्रिय अभियान भन्ने संगठन पनि एमालेमा एकीकरण गराइदिने ओलीलाई जानकारी गराएको बताए।

‘अध्यक्षसँग नेकपा एकता राष्ट्रिय अभियान भन्ने संगठन म सँग छ त्यो ल्याएर मैले एमालेमा एकीकरण गराइदिन्छु मसहित। यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ गर्नुस्। सोध्नुहुन्छ भने सोध्नुस्,’ गौतमले भने, ‘मलाई कुनैपनि नेताको सबैभन्दा ठूलो जिम्मेवारी कसको छ त्यो भन्दा कम जिम्मेवारी पाउनेगरी मलाई जिम्मेवारी नदिनुहोला।’

राष्ट्रियसभाका सदस्यसमेत रहेका उनले एमालेले ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि पुरानै पार्टीमा फर्किने सम्भावना बढेको यसअघि नै बताएका थिए।

हालसम्म एमालेको सदस्यता त्यागिनसकेका उनले एमालेले आफ्नो योग्यताअनुसारको भूमिका दिएमा सक्रिय हुने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित