संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ९ बुँदे स्पष्टीकरण मागेको छ।
प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन अवरोध गरेको आरोप लगाउँदै मन्त्रालयले महानिर्देशक अधिकारीसँग स्पष्टीकरण मागेको हो।
मन्त्रालय र उड्डयनका अधिकारीले नेपाललाई युरोपियन युनियनको कालोसूचीबाट हटाउने प्राधिकरणलाई सेवा प्रदायक र नियामकीय निकायको रुपमा छुट्टाउनु पर्ने शर्त राखेको बताउँदै आएका छन्। तर प्राधिकरण महानिर्देशक अधिकारीले युरोपियन युनियनबाट प्रधिकरणलाई टुक्राउने कुनै आधिकारिक डकुमेन्ट नभएको बताउने गरेका छन्।
मन्त्रालयले महानिर्देशक अधिकारी आफै प्राधिकरणलाई अलग न बनाउन चलखेल गरेको भन्दै स्पष्टिकरण सोधेको छ। मन्त्री किरातीले कानुनभन्दा माथी कुनै अधिकारी नभएको बताउँदै प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रुपमा विधेयक अगाडी बढाउनु पर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समेत प्राधिकरणलाई टुक्राउने उल्लेख गरेको छ।
पर्यटन मन्त्रलयको जिम्मेवारी सुदन किरातीले पाएपछि राष्ट्रियसभाबाट पास भएको विद्येक संसदबाट मन्त्रलयमा फिर्ता आएको थियो। मन्त्री किरातीले सुरुबाटै प्राधिकरणलाई अलग बनाएर यूरोपियन यूनियनको कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउने बताउने गरेका छन्। मन्त्रीले छुट्टै निकाय बनाउन खोज्दा महानिर्देशक अधिकारीले आलटाल गरिरहेको मन्त्रालयका अधिकारीले बताएका छन्।
मन्त्री निटक अधिकारीका अनुसार विराटनगर, नेपालगञ्ज लगायत ट्रएयर्पोटको टर्मीनल भवन निर्माणको काम सुचारु गर्न लगाएका मन्त्री किरातीले नागरिक उडड्यनलाई नियमक र शेवा प्रदायकका रुपमा अलग गराउने कुरामा अधिकारी तयार नभएपछि मन्त्री रुष्ट छन् ।
मन्त्री किरातीले महानिर्देशक अधिकारीले सांसदलाई आर्थिक प्रलोभनमापारी विरुद्धमा बोल्न लगाएको सुनाउने गरेका छन्। पछिल्लो समय अधिकारीलाई महानिर्देशकमा नियुक्त गर्ने तत्कालिन उड्डयन मन्त्री प्रेम आले किरातीका नीतिको विपक्षमा बोल्ने गरेका छन्।
मन्त्रालयले महानिर्देशकलाई २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको जिम्मेवारी निर्वाह गर्न असफल भएको हो भनी प्रश्न सोधेका छन्।
‘वायुयान घटना, दुर्घटना रोकथापकालागि अपनाउनुपर्ने निरोधात्मक उपाय भन्दा आइकाओका सिद्धान्द विपरित दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको देखिँदा नियामक निकायको प्रमुखको रुपमा तपाईको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाकालागि तपाईको क्षमतामा किन प्रश्न नगर्ने रु,’ स्पष्टिकरणमा भनिएको छ।
‘उड्डयन सुरक्षा परिक्षण नै प्रयाप्त छ भन्ने अभिव्यक्ति दिने तपाईले हवाई सेवाको क्षेत्रमा स्वार्थको द्धन्द्ध हुन नहुने मान्यता विपरित विमानस्थलको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्यान्डर्ड विभागको प्रमुख र गौरवका आयोजना प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई उनकै नेतृत्वमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको,’ भन्दै प्रश्न स्पष्टिकरण सोधिएको छ।
मन्त्रालयले फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनकालागि उडान सुरक्षा मुल्यांकन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालन किन ल्याएको सोधेको छ।
‘परीक्षण उडान गराई सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान गर्न दिई उडान सुरक्षामा चरम लाभरबाही के कति कारणले गर्नु भएको होरु,’ महानिर्देशक अधिकारीलाई प्रश्न सोधेका छन्।
त्यस्तै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नियमित अन्तराष्ट्रिय विमानस्थलहरु सञ्चालन ल्याउन नसक्नुमा तपाईको कार्यक्षमता कमजोर रहेको किन नमान्ने रु भनी प्रश्न गरेको छ।
Discussion about this post