Khabar Samachar

ललिता निवास परिसरभित्रका संरचना हटाउन काठमाडौँ महानगरपालिकाको ७ दिने अल्टिमेटम

219
VIEWS

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले साे निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित