Khabar Samachar

प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) कस्तो रोग हो, लक्षण कस्ता हुन्छन् ?

230
VIEWS

पीएसपी एक दुर्लभ रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।

तह नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको ब्रेन खराब भएमा प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) हुने गर्छ । तह मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर बिग्रने गर्छ ।

पीएसपीबाट ग्रसित व्यक्तिहरूमा भने यो सही तरिकाले टुक्रिंदैन । जसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ । यो झुप्पा अलग-अलग आकार तथा संख्यामा हुने गर्छ । साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ । जसले गर्दा यसको लक्षण पनि व्यक्ति अनुसार फरक हुने गर्छ ।

शरीरको चाल ढिलो भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने जस्ता समस्या देखिन्छ ।
यो रोगको कारण एकिन हुँदैन । कतिपयलाई वंशाणुगत कारणले पीएसपी रोग देखिने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार पीएसपी रोग देखिने मानिसमा आँखाको नानी तलमाथि गर्नसमेत समस्या हुन्छ । आँखाको चाल बिग्रिदैं गएपछि धमिलो देख्ने, दुई-दुई वटा चिज देखिने, स्पष्ट नदेखिने जस्ता लक्षण पनि देखिन्छन् ।

पीएसपी रोगबाट बचौँ

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनेको एक दुर्लभ स्थिति हो। यसमा मानिसलाई सन्तुलन, हिँडडुल गर्न, बोल्न तथा निल्न कठिन हुने हुन्छ। यसकै कारण मस्तिष्कको कोशिकामा पनि असर पुग्ने गर्छ। ६० वर्ष उमेर पार गरेका मानिसमा यो समस्या बढी देखिने गर्छ।

के कारणले हुन्छ पीएसपी?

‘तउ’ नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको ब्रेन खराब भएमा प्रोग्रसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) हुने गर्छ। तउ मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर बिग्रने गर्छ। पीएसपीबाट ग्रसित व्यक्तिहरूमा भने यो सही तरिकाले टुक्रँदैन। यसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ। यो झुप्पा अलगअलग आकार तथा संख्यामा हुने गर्छ। साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ। यसले गर्दा यसको लक्षण पनि व्यक्तिअनुसार फरकफरक हुने गर्छ।

कस्ता हुन्छन् लक्षण?

यसको लक्षण समयअनुसार बढ्नुका साथै गम्भीर हुने गर्छ। शुरुआती चरणमा यसको लक्षण अन्य रोगझैँ हुने भएकाले यो रोग पत्ता लगाउन मुश्किल हुनसक्छ।

पीएसपीका लक्षणहरूः

शरीरको सन्तुलन कायम राख्न तथा हिँड्न, डुल्न कठिन हुने – लड्छु कि भन्ने डर लागिरहने – व्यवहारमा परिवर्तन आउने – मांसपेशी कसिने – आँखाको चालमा नियन्त्रण नरहने – बोल्न कठिन हुने – निल्न समस्या हुने – स्मरणशक्ति हराउँदै जाने

रोग कसरी पत्ता लगाउने?

यो रोगको कुनै परीक्षण नहुनु नै यसको सबैभन्दा ठूलो जटिलता हो। परीक्षण नहुने भएकै कारण यो रोग पुष्टि हुँदैन। रोगको लक्षणका आधारमा मात्र यो रोग पत्ता लाग्ने गर्दछ। त्यस्तै यसको लक्षण पार्किन्सन्ससँग मिल्दोजुल्दो हुने भएकाले पनि चिकित्सकलाई यो रोग पत्ता लगाउन समय लाग्ने गर्छ। कतपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्र रोग पत्ता लगाउन सकिन्छ। त्यसैले यो रोग लागेको शङ्का लागेमा न्युरोलजिस्टको सहायता लिन सकिन्छ।

के हो यसको उपचार?

अहिलेसम्म प्रोग्रसिभ सुपरन्युक्लियर पाल्सीको कुनै उपचार फेला परेको छैन। तर, यसबारे विभिन्न अनुसन्धान पनि भइरहेको छ। जसले यसलाई नियन्त्रण गर्न सकियोस् र गम्भीर समस्या हुनबाट जोगियोस्। यद्यपि, यसको उपचार पनि अलगअलग हुने गर्छ।

यो समस्या देखिएमा के गर्ने?

शरीरमा सन्तुलन कायम राख्न नियमित औषधि सेवन गर्ने। – सहज हिँड्न, डुल्न तथा काम गर्नका लागि फिजियोथेरापिस्टको मद्दत लिन सकिन्छ। – सजिलै बोल्न तथा निल्नका लागि स्पिच थेरापीको मद्दत लिन सकिन्छ। – धपेडी नगर्ने, सबै कुरा आरामले गर्न अक्युपेशनल थेरापी लिने। – सजिलै हेर्नका लागि विशेष चश्मा प्रयोग गर्ने। – फिडिङ ट्युबको मद्दतले खाना खान सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित