Khabar Samachar

‘कमेडी क्लब विथ च्याम्पियन’ स्थगित

279
VIEWS

दर्शकलाई हँसाउँदै आएको टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको छ । कार्यक्रमका निर्माता विशाल भण्डारीले छोटो समय विश्राम लिन लागेको बताएका छन् ।६९औं एपिसोड प्रसारणपछि कार्यक्रम स्थगन गरिएको हो । यो अहिलेको हिट टेलिभिजन कार्यक्रममा पर्छ । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा प्रतिस्पर्धा गरेका प्रतिभाशाली कमेडीयनहरूलाई लिएर भण्डारीले यो शोको सञ्चालन गर्दै आएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले ६९ एपिसोडको यात्राले थकित टीमलाई केही समयका लागि ब्रेक लिन आवश्यक देखेको बताएका छन् ।

‘तर हामी छाटो विश्रामपछि रिचार्ज भई सुरूवाती ऊर्जामै फर्केर यहाँहरूलाई हाँसोको फोहरा छुटाउन अवश्य आउनेछौं,’ उनले लेखेका छन् ।
यसबीचमा यही टीमले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि भण्डारीले जानकारी गराएका छन् ।‘माया र साथ कायम रहोस्, हाँस्ने र हँसाउने क्रम जारी रहने छ’, उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित