Khabar Samachar

Search
Close this search box.

सामाखुशीमा बाढीले बगाउँदा बालक बेपत्ता

210
VIEWS

काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो ।

उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता नलागेको डीएसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित