Khabar Samachar

प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित

206
VIEWS

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले अर्को बैठक साउन २२ गतेका लागि तय भएको जानकारी दिए।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो। बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले पहल थालेका थिए।

प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख घिमिरेले मंगलबार मध्याह्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।समितिको बैठकमा एमालेले सबैलाई आफ्ना धारणा राख्न दिने र सुन काण्डबारे छानबिन गर्न समिति नबनाए अवरोध गर्ने अडान राखेको थियो।

समिति बनाउने विषयमा सहमति जुट्न नसकेपछि आज प्रतिनिधि सभा बैठक सञ्चालन हुन सकेन।

अब प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजे बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित