Khabar Samachar

Search
Close this search box.

बालबालिकालाई ‘जंक फुड’बाट हुने हानी र समाधान

259
VIEWS

शिशिर राज पाण्डे ।   बालबच्चालाई खुसी बनाउन होस् वा रोएको बखत फकाइ-फुल्याइ गर्न, धेरैजसो आमाबुबाले चिप्स, चिजबल, कुरकुरे, चाउचाउ, चकलेट, बिस्कुट आदि दिने गर्छन् । नेपालमा दुई वर्षमुनिका बालबालिकाले खाने कूल क्यालोरीको एक चौथाइ हिस्सा बजारको खानाबाट पाइरहेको अध्ययनले देखाएको छ ।  अनुसन्धानदाताले यस्तो खानपानले बालबालिकामा होचोपन अथवा कुपोषण गराइरहेको देखाएको छ । अध्ययनमा नेपालमा पौष्टिक खानालाई बढ्दो रुपमा बिस्कुट, आलुचिप्स, चाउचाउ र गुलियो पेय पदार्थले विस्थापित गरिरहेको देखिएको छ । अनुसन्धानदाताले बच्चा राम्रोसँग हुर्कनको लागि खानामा भिटामिन, मिनरल र अन्य महत्वपूर्ण पौष्टिक हुनुपर्ने बताएका छन् । व्यस्तताको कारण आफ्नो भान्सामा पकाएर खाने चलन घट्दै गर्दा फास्ट फुड या जंक फुड खाने चलन विश्वभर नै बढिरहेको अध्ययनहरूले देखाएका छन्। रेस्टुरेन्ट कल्चरले हाम्रो खानपान र स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । खासगरी छुट्टीका दिनहरुमा बच्चाबच्चीको एउटी डिमाण्ड हुन्छ, रेस्टुरेन्टमा जाने पिजा बर्गर खाने ।

अहिले खासगरी बालबालिकाहरुमा जंक फुड खाने आदत निकै बढी नै रहेको पाइन्छ । बर्गर पिजादेखि चाउमिन, मम, चाउचाउ हरेक दिनको खाजा हुने गरेको पाइन्छ । तर यसले बालबालिकाको स्वास्थ्यमा नजानिदो किसिमले कस्तो असर गरिरहेको छ त्यसबारे अभिभावक अनविज्ञ रहेको देखिन्छ । भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमत्तापूर्ण हुन्छ ।

विभिन्न अनुसन्धानहरुले बालबालिकाहरुले हरेक दिन खाने जंक फुडले गर्ने असरका बारेमा धेरै कुरा बताएका छन् । जंक फुडको प्रयोगले बालबालिकामा एलर्जीको खतरा बढ्ने, स्मरण शक्ति कम्जोर हुने पाइएको छ । अझ सानो उमेरका बालबालिका जो स्कुल जान्छन्, उनीहरुको मानसिक विकास तिब्र गतिमा भैरहेको हुन्छ, उनीहरुमा जंक फुडको आदतको असर झन् बढी हुने गरेको पाइन्छ । कम उमेरका बालबालिकाले जंक फुड खाएमा उनीहरुको मानसिक विकासमा अवरोध आउने, जसको कारण उनीहरुको दिमाग कमजोर हुन सक्छ । यस्ता प्रकारका खाना बालबालिकाले नियमित खाएमा अक्सिडेटिव किसिमका रोगको खतरा बढेर जाने बताईन्छ । यस प्रकारका रोगहरुमा डाबिटिज प्रमुख हो । साथै लामो समयसम्म पिज्जा बर्गर, फ्रेन्च फ्राई, डोनट, कोल्ड ड्रिंक्स, सोडा, चाउमिन, मम खाने बालबालिकाको हड्डी कम्जोर हुने डाक्टरहरु बताउछन् ।

 

त्यस्तै एक रिसर्चमा ६१ बालबालिकालाई तीन समुहमा बिभाजन गरेर अध्ययन गरिएको थियो । ६ देखि १२ बर्षका यी बच्चाहरुलाई पहिलो समुहमा एलर्जी भएका, दोस्रो समुहमा स्वास प्रश्वासका बिरामी बच्चा र तेस्रो समुहमा स्वस्थ्य बच्चा राखेर अध्ययन गर्दा अनुसन्धानकर्ताहरु कुनै पनि किसिमले बालबालिकाका लागि जंक फुडको प्र्य्ग हानिकारक भएको निष्कर्ष निकालिएको थियो । त्यस्तै बालबालिकाले जंक फुडको नियमित सेवनबाट हुने अर्को खतरनाक समस्या मानसिक विकासमा अवरोध हो । जंक फुड खादा स्वादिष्ट हुने, पेट पनि भरिने तर शरीरलाई चाहिने सबै भिटामिन नहुने हुदा बालबालिकाको मानसिक विकासमा असर पुग्ने गर्दछ ।अहिले शहरीकरणसँगै बढेको रेष्टुरेन्ट जाने कल्चर, सजिलोको लागि बालबालिकाका लागि सजिलै उपलब्ध जंक फुडको बढ्दो प्रयोगले हामि जानेर या नजानेर हाम्रा बालबालिकाको शारीरिक र मानसिक रुपमा हुनुपर्ने विकासको अवरोध गरिरहेका छौ । समयमै यस बारे सचेत भएर हाम्रा भोलिका भविष्य यी स-साना नानीहरुलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त बनाउन जंक फुडको प्रयोग कम गरौ र गर्न दिऊ ।व्यस्तताको कारण आफ्नो भान्सामा पकाएर खाने चलन घट्दै गर्दा फास्ट फुड या जंक फुड खाने चलन नेपाल सहित विश्वभरनै बढेको पाईन्छ । त्यस्तै, अभिभावकहरू कार्यालय लाने तथा व्यस्त हुने हुनाले जंक फुड खाने बालबालिकाको संख्या बढिरहेको देखिन्छ । बजारमा पाइने रेडिमेड खाना बनाउन सजिलो, कम समय लाग्ने र स्वादिलो पनि हुने हुनाले अभिभावक आफ्ना बच्चालाई खाजाको रुपमा जंक फुडकै प्रयोग गर्ने गरेको पाईन्छ । किशोर किशोरी तथा बालबालिका जंक फुडको प्रयोगका कारण घरको खाना नै नखाने अवस्थामा पुगेका छन् ।

अझै कतिपय जंक फुडमा त अखाद्यवस्तु पनि मिसाइएको हुन्छ। जस्तैः आकर्षक देखाउनका लागि कलर, स्वादका लागि विभिन्‍न फ्लेवर राखिएको हुन्छ। यस्ता खानेकुराले हानी गर्छ भन्‍ने बुझेका मानिसलाई समेत जंक फुडको लत लाग्ने उनको भनाइ छ। ‘बालबालिका त यसबाट बेखबर हुन्छन्।यदि कुनै बच्चा जंक फुडमात्रै खान खोज्छ अथवा यस्ता खानेकुराको लत उसमा बसिसकेको छ भने उसको शरीरमा तत्काल देखिने असर र दीर्घकालीन असरहरू पर्नसक्छ।बालबालिकालाई खुवाउने खानामा प्रत्येक दिन शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा भएको हुनुपर्छ। एकै खानेकुराबाट सबै पोषक तत्त्व नपाइने हुनाले उनीहरूका लागि मिश्रित खाना खुवाउँदा राम्रो हुन्छ। उनले भनिन्, ‘हरेक दिन बालबालिकाको खानामा हरियो सागपात, फलफूल र मासुजन्य कुरा हुनु आवश्यक छ। मासु नखाने बालबालिकालाई प्रोटिन पाइने गेडागुडी खुवाउँदा राम्रो हुन्छ।’

दाल, भात, तरकारी, कोदो, फापरलगायतका खाद्य तत्व खाएमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्ने धेरैलाई थाहा भए पनि बेवास्ता गरेको पाइन्छ । त्यस्तै, सानो उमेरदेखि नै घरमै बनाएको खानेकुरा खाने बानी पारे बालबालिकाहरु जंक फुडखाने बानी हुँदैन । सजिलोका लागि रोजिने जंक फुडका कारण सामान्यदेखि घातक रोग लाग्ने जोखिम हुने यस्तो प्रकारका खानाबाट टाढा बस्नु उपयुक्त हुन्छ ।बजारमा पाइने चोकोज, बिस्कुट, कर्नफ्लेक्स, चाउचाउ जस्ता धेरै क्यालोरी र फ्याट भएका खानेकुरा कम गरेर घरमै रोटी, तरकारी, हलुवा जस्ता खानेकुरामा जोड दिनुपर्ने प्रधान बताउँछिन्। साथै, बच्चाको उमेर अनुसार खुवाउनुपर्ने पोषणको ज्ञान पनि हरेक अभिभावकले राख्नुपर्ने हुन्छ ।

युरोपियन सोसाइटीले गरेको यस सम्बन्धि एक रिसर्च अनुसार जंक फुडमा हुने अत्याधिक चीनीको मात्रा, नुनको मात्रा, धेरै प्रोसेस्ड गरेर बनाइएका, माइक्रो वेभमा बनाइएका या गरम गरिएका, बार्बीक्यूमा रोष्ट गरिएका लगायतका खानेकुरा खानाले बालबालिकामा एलर्जी हुने खतरा हुने उल्लेख गरिएको छ । यी सबै प्रकारका खानेकुरामा एड्भान्ड्स ग्लाइकेशन एण्ड प्रोडक्टसको मात्रा बढी हुने हुनाले यसले बालबालिकालाई एलर्जी गराउने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।विस्तारै बालबालिकालाई स्वस्थ खानेकुराको लत लगाएमा जंक फुडबाट छुटकारा मिल्नुका साथै बच्चाको शारीरिक र मानसिक विकासमा पनि मद्दत मिल्ने बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित