Khabar Samachar

Search
Close this search box.

रोहित भर्सेस रोहितको भिडन्त

206
VIEWS

एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ ।

खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।

समूह ए बाट पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ । भने पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन छ ।

शनिवार भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।

शनिवारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।

सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिवारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।

यस्तै भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले नेपालसॅंगको खेल गुमाउने भएका छन् । उनी आफ्नो व्यक्तिगत कारण भारत फर्किएको बताइएको छ । उनको स्थानमा मोहम्मद सामीले मौका पाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित