Khabar Samachar

Search
Close this search box.

सुरक्षालाई चुनौती दिँदै एमाले नेता कार्यकर्ताहरु ओलीको स्वागत गर्न धावनमार्गमा

207
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु जनकपुरधाम विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । सुरक्षालाई चुनौती दिँदै उनीहरु बुधबार अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलको धावनमार्गमा पुगेका हुन् । मधेस प्रदेशको अधिवेशनलाई उद्घाटन गर्न यति एयरलाइन्सको विमानबाट जनकपुरधाम आएका अध्यक्ष ओलीलाई नेता कार्यकर्ताले धावनमार्गमै पुगेर स्वागत गरेको विमानस्थलले जनाएको हो । जनकपुरधाम विमानस्थलका प्रमुख भिमदत्त्त पन्तले भने, ‘भीआईपी रुमभन्दा अगाडि जान नपाइने हो । हामीले रोक्न खोजेकै हो तर सुरक्षा निकायका सबै जनाकै अगाडि जबरजस्ती गरेर उहाँहरु धावनमार्ग जानुभयो ।’ सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न नपाइने उनले बताए । प्रमुख पन्तले १५/२० जना मात्रै त्यहाँसम्म गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित