Khabar Samachar

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

204
VIEWS

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए । कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए ।दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्ने निर्णय गरे । प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सनाखत गर्न भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित