Khabar Samachar

प्रेम सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

205
VIEWS
अन्तराष्ट्रिय गल्फ दिवसको अवसरमा नेपाल गल्फ संघ र बाह्रखरी मिडियाद्वारा आयोजित कार्यक्रममा प्रेम सरुप सचदेव लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरे। नेपाली गल्फमा सचदेवले पुर्याउनु भएको योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।‌ नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले खादासहित सम्मान गरे। त्यस्तै बाह्रखरीका मेनेजिङ डाईरेक्टर ज्ञानेश्वर आचार्य‌ र कार्यकारी अध्यक्ष प्रतिक प्रधानले दोसल्ला ओढाए।
नेपालमा राजपरिवारको स्वामित्वमा रहेको गोकर्ण जंगलभित्र होटल तथा १८ होलको गल्फ कोर्स निर्माणकोलागि टेन्डर आह्वान भएको थियो। सचदेवले गोकर्णको जंगल देखेपछि गल्फ कोर्स बनाउने सोचकासाथ गुडगावँमा रहेको आफ्नो निजी कोर्स बिक्री गरी टेन्डरको प्रतिष्पर्धामा सहभागी भए।‌ तात्कालीन ओबरोई समुहलाई पराजित गरी उक्त टेन्डर हात पारेपछि उनले गोकर्ण फरेस्ट गल्फ रिसोर्ट अन्तर्गत गोकर्ण गल्फ क्लब निर्माण गरे। यो नै नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको गल्फ कोर्स हो। यो कोर्सले नेपाली गल्फ विकासमा ठुलो योगदान दिएको छ। उनको खेल जीवन पनि उत्कृष्ट रहयो। सन १९८३ मा सिंगापुर एमेच्योर ओपनको उपाधि जितेका थिए। नेपाल आईसकेपछि सचदेवले बिनोद श्रेष्ठसँग मिलें स्कटल्यान्डको सेन्ट एन्ड्रुजमा फेमस ग्राउजले आयोजना परेको प्रतियोगिताको उपाधि पनि हात पारेका थिए।गल्फप्रतिको लगावको कारण उनले नेपाल, अमेरिका, जापान, थाइल्यान्ड, हङकङ, यूएई र भारतमा लगानी गरी व्यवसायिक उचाइ प्राप्त गरेका थिए। सचदेवले नेपाली गल्फलाई पुर्याएको योगदान तथा उनको संघर्ष र सफलताको बारेमा गोकर्ण गल्फ क्लबका सिनियर गल्फ निर्देशक तथा नेपाल गल्फ संघ र प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी गराएका थिए।
सम्मान पश्चात युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सचदेवलाई नेपाली गल्फको लिभिङ लेजेन्डको संज्ञा दिए। सचदेवले अन्तराष्ट्रिय स्तरको गल्फ संरचना बनाएर नेपाली खेलकुदलाई लगाएको गुणको लागि मन्त्री श्रेष्ठले उनलाई धन्यवाद दिए। मन्त्री श्रेष्ठले गल्फलाई पर्यटनसँग जोडेर नेपाललाई पर्यटकीय गन्तव्य बनाउन सकिने र यसको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले कम्तिमा दशवटा गल्फ कोर्ष निर्माण गर्न सकियो भने गल्फ पर्यटनले देशकै अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित