Khabar Samachar

मन्त्री किराँती भन्छन – संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौं !

202
VIEWS

चौतर्फी आलोचन भएपछी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले क्रिश्चियन धर्मबारे आफूले असहिष्णु बयान नदिएको बताएका छन् ।एक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियनलाई नमान्नु संविधान नमान्नु हो । संविधान नमान्ने देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्नुपर्छ’ भनेर दिएको अभिव्यक्ति विवादित बनेको थियो । जिम्मेवार मन्त्रालयमा बस्नेले सांस्कृतिक भड्काउ आशयको अभिव्यक्ति दिएपछि किराँतीको आलोचना भएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो जोड अतिवादलाई परास्त गरौं भन्ने रहेको बताएका हुन् ।

‘बहसको लागि सबैलाई धन्यवाद ’!  संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, भन्‍नलाई त मलाई : पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍चियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

किराँतीको अभिव्यक्तिपछि राप्रपा, रास्वपासहितका दलले आपत्ति जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले उनको राजीनामा नै मागेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि किराँतीको अभिव्यक्तिको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित