Khabar Samachar

Search
Close this search box.

राक्सिराङ गाउँपालिकाले दियो क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

221
VIEWS

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा इसाई धर्मावलम्वीहरूको उल्लेख्य बसोबास रहेको भन्दै क्रिसमस मनाउन पालिकाले आजदेखि तीन दिनसम्म बिदा दिएको हो ।

‘इसाई धर्मावलम्वीहरूको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा मिति २०८० पुस ८, ९ र १० गते तदअनुसार सन् २०२३ डिसेम्बर २४, २५ र २६ तारिख (३ दिन) सार्वजनिक विदा दिने निर्णय भएकाले उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम बैङ्क तथा वित्तीय संस्थाहरू बन्द रहने व्यहोरा अवगत गराइन्छ,’ गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ । गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने निर्णय गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित