Khabar Samachar

बंगलादेशमा प्रधानमन्त्री हसिना पाँचौं कार्यकालका लागि विजयी

213
VIEWS

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लगातातार चौथो पटक विजयी भएकी छन् । हिजो सम्पन्न आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिग र उनका सहयोगी दलहरुले बहुमत प्राप्त गरेसँगै हसिनाको पाँचौं कार्यकाल पनि सुनिश्चित भएको हो ।

तीन सय संसदीय सीटमध्ये कम्तीमा कम्तीमा १ सय ५२ सीटमा अवामी गठबन्धनले जित हासिल गरेको बीबीसीले जनाएको छ । प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।विपक्षी दलको हड्ताल र बहिस्कारकाबीच सम्पन्न भएको निर्वाचनमा ४० प्रतिशत मत खसेको बताइएको छ । मतपरिणामको औपचारिक घोषणा भने आज साँझसम्ममा गर्ने तयारी गरिएको छ ।
सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २००९ मा पुनः निर्वाचित भएकी थिइन् । पछिल्लो जितसँगै प्रधानमन्त्री हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने पहिलो व्यक्ति समेत बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित