Khabar Samachar

राजश्व छलेको अभियोगमा दुई करोड नगदसहित अग्रवाल पक्राउ

208
VIEWS

हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् ।

ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।

“अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी भएको बुझिएको छ । पछिल्लो समय हुन्डी कारोबारी क्रिप्टोमा पनि जोडिने गरेको पाइएको छ,” निर्देशक ढुंगाना भन्छन्, “उनको संलग्नता के–केमा छ, अनुसन्धानबाट थप प्रष्ट होला ।”उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ। अग्रवालको साथबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित