Khabar Samachar

गायक योगेश वैद्यको निधन

207
VIEWS

गायक योगेश वैद्यको निधन भएको छ । ‘सपना भुलाई सारा…’ लगायत दर्जनौं लोकप्रिय गीतका गायक वैद्यको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो ।

सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा राति  १२ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनले करिब ५०० नेपाली र १०० भन्दा बढी नेपालभाषाका गीतमा स्वर दिएका छन् । वि.सं. २००३ सालमा काठमाडौंमा वैद्यको जन्म भएको थियो ।

लामो समयदेखि उनी मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए । उनको अन्तिम श्रद्धाञ्जलीका लागि तयारी गरिरहेको संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित