Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्व-पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

215
VIEWS

पूर्व-पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको छ।

‘साइफर मुद्दा’मा मंगलबार विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको स्थानीय समाचार संस्था द डनले जनाएको छ। सामान्य भाषामा साइफर भनेको गोप्य तरिकाले प्रस्तुत गरिने सूचना/सन्देश हो।

खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ। उक्त कागजातमा अमेरिकाले खानलाई प्रधानमन्त्रीबाट हटाउन धम्की दिइएको समाचार संस्था डनले जनाएको छ।

अमेरिकाले पठाएको उक्त साइफर खान अध्यक्ष रहेको पाकिस्तानी तहरिक-इ-इन्साफले फिर्ता नगरेको उल्लेख छ।

अदालतले उनीसँग यसबारे बयान समेत लिएको छ। बयानपछि पनि इजलासले खानसँग साइफरबारे सोधेको थियो, तर उनले त्यसबारे आफूलाई जानकारी नभएको बताएपछि १० वर्षको जेल सजाय सुनाएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित