Khabar Samachar

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

218
VIEWS

मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । मेनुकालाई आँखा देख्न सहज बनाउन चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित