Khabar Samachar

निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान दिए ३ रोपनी जग्गा

222
VIEWS

फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले आधारभूत स्वास्थ्य उपकेन्द्रलाई दिएका हुन् ।

बुवाको इच्छामा उक्त जग्गामा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले अनलाइखबरलाई बताए । मालपोतमा जग्गा दान गर्न उनी बुवासँगै कार्यालयमा पुगेका थिए ।

वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको उक्त जग्गा निकै उपयोगी हुने बताए । बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने अध्यक्ष बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित