Khabar Samachar

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ

210
VIEWS

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिएका छन् । पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन् । उनलाई बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ ।पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्रीको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाए ।

पाकिस्तान मुस्लिम लिग–नवाज हालै सम्पन्न निर्वाचनमा ७५ सिट जितेर दोस्रो भएको थियो ।

तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खान भ्रष्टाचार आरोपमा जेलमा परेका र उनको पार्टीलाई चुनाव लड्नै प्रतिबन्ध लगाइएको थियो । पार्टीले चुनाव लड्न नपाए पनि तहरीक-ए-इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू ९० भन्दा बढी सिट जितेर सबैभन्दा ठूलो समूहको रूपमा उभिएका छन् ।पाकिस्तान पिपुल्स पार्टी ५४ सिटका साथ तेस्रो स्थानमा रह्यो भने एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित