Khabar Samachar

कुवेतमा भएको सडक दुर्घटनामा परी ३ नेपालीले गुमाए ज्यान

211
VIEWS

कुवेतमा भएको सडक दुर्घटनामा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् । सोमबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्‍यु हुनेहरुमा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको हो  ।मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अरब टाइम्सले जनाएको छ । त्यस्तै मृतकहरूको शवलाई पोस्टमार्टमका लागि फरवानियामा अस्पतालमा राखिएको मल्लले जानकारी दिए । दूतावासका अनुसार मृतकहरूको बिमा र शव नेपाल पठाउन आवश्यक पहल भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित