Khabar Samachar

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

210
VIEWS

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई भारतको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले पक्राउ गरेको छ।

भारतीय समाचार संस्था द हिन्दुका अनुसार बिहीबार साँझ इडीको टोलीले मुख्यमन्त्री निवासमा छापा मारेको केही घण्टापछि केजरीवाललाई पक्राउ गरेको हो।

आम आदमी पार्टीकी नेता अतिशीले केजरीवाललाई इडीले पक्राउ गरेको बताएकी छन्।

केजरीवाल सरकारले ल्याएको मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै उनलाई सुरूमा दुई घण्टा सोधपुछ गरिएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको थियो।

पक्राउ गरेको विरूद्ध भारतको सर्वोच्च अदालतमा रिट समेत दर्ता भइसकेको छ। यसको सुनुवाई शुक्रबार बिहान हुने भनिएको छ।

यस मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, कारोबारी विजय नायर, अभिषेक बोइनपल्ली र आमआदमी पार्टीका राज्यसभा सांसद संजय सिंह पक्राउ परेका छन्।

आम आदमी पार्टीका नेताहरूले मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएका छन्।

भारतमा यसरी बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो दोस्रो घटना हो। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित