Khabar Samachar

काम गर्न नसके अर्को उथलपुथल गर्न बेर लाग्दैन : प्रधानमन्त्री

208
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन्।

विकास निर्माणको कामलाई गति दिने, सुशासन कायम गर्नेलगायत काम गर्ने भनेर आफूले नयाँ सत्तासमीकरण बनाएको उनले उल्लेख गरे । ती काम हुन नसके फेरि उथलपुथल गर्न बेर नलाग्ने उनले बताए ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकमा उनले यस्तो बताएका हुन् ।

विकास निर्माणको कामलाई गति दिने, सुशासन कायम गर्नेलगायत काम गर्ने भनेर आफूले नयाँ सत्तासमीकरण बनाएको उनले उल्लेख गरे । ती काम हुन नसके फेरि उथलपुथल गर्न बेर नलाग्ने उनले बताए ।

“…यी कुनै पनि काम अघि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो मैले अरूलाई भनेको होइन है । त्यो मेरै लागि भनेको हो,” उनले भने, “मैले भन्ने गरेको छु– कामै गर्न नसकिने भयो भने, नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले जनतालाई पनि भनेको छु ।”

काम गर्न नसकिने स्थिति भए पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यसअघि पनि सार्वजनिक रूपमै भनेको उनले स्मरण गरे । त्यस्तो अवस्था कायमै रहे पद ओगट्नुको औचित्य पुष्टि नहुने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित