Khabar Samachar

Search
Close this search box.

कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार सुरु

207
VIEWS

कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार सुरु गरिएको छ। आइतबार बिहान पुुलको लठ्ठा चुँडिएर फसेका खच्चडको पुलको तार काटेर उद्धार सुरु गरिएको हो। पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए । ‘अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ ।

पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित