Khabar Samachar

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीबाटै

209
VIEWS

पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् ।घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । प्रहरीसँग आरोपीले हत्या गरेको स्वीकारेका छन् । पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा उनले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृत भन्छन्– ‘पोलिग्राफ परीक्षण गर्दा उनले ढाँटेको देखिएको छ ।’रतनपुरमा राज्यमन्त्रीका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन उनीसँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्से (एक प्रकारको बन्चरो)ले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । यसअघि राम उजेनले राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएकाे बताएका थिए । पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित