Skip to main content

Khabar Samachar

Search
Close this search box.

टुकुचा खोला छोपेर बनाएको बाटो हो – मेयर बालेन

207
VIEWS

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कमलादीमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन्। बिहीबार राति परेको ठूलो भ्वाङका कारण सवारी आवतजावत हुन सकेको छैन। मेयरले उक्त भ्वाङको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले भनेका छन्, ‘यो टुकुचामाथिको बाटो हो। अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन्। काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ। अदालती कारणले केहि रोकिन परेको थियो।’

अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गरी ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ। यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ,’ उनले भनेका छन्। लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि उनले बताएका छ्न।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित