रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवामा लगिएको छ ।
सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरू भएको छ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रूपन्देही ल्याएको हो।
गत कात्तिक २ गते सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पौने १ बजे भैरहवास्थित सरकारी वकिल कार्यालयमा लगिएको हो।
Discussion about this post