नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ । टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न स्थानमा नगर परिक्रमा पनि गराइएको थियो ।विश्व बडिबिििल्डङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा आयोजित प्रतियोगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि तथा सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।
माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा ४ खेलाडीले नेपाललाई पदक दिलाएका थिए । चारैले रजत पदक जितेको महासंघका सचिव दिनेश राजभण्डारीले जनाएका छन् । छ खेलाडीले सहभागिता जनाएका थिए । ललित धिमाल र रन्जित आचार्यले पनि प्रतिस्पर्धा गरेका थिए ।































Discussion about this post