Khabar Samachar

Search
Close this search box.

कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी

203
VIEWS

कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्ष पदका लागि नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गरेको छ।

आइतबार मध्याह्न  एमालेका तर्फबाट सुरेन्द्र मानन्धरले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

वडा नम्बर १ को वडाध्यक्षका लागि हर्ष महर्जन र वडा नम्बर ४ का लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरेका हुन्।

मंसिर १६ गते यहाँ उपनिर्वाचन हुँदैछ।

उक्त उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित