सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत कास्कीमा उपस्थित गराइएको छ ।
शुक्रवार म्याद सकिए पनि शनिवार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइएको हो ।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
Discussion about this post