Khabar Samachar

Search
Close this search box.

एनपीएलमा लुम्बिनीको पहिलो जित

214
VIEWS

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ ।सुरुवाती ४ खेल गुमाएको लुम्बिनीले पाँचौ खेलमा चितवन राइनोजमाथि ३३ रनको जित निकालेको हो ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए ।

उनले आफ्नो स्पेलमा १७ रन दिए। रेमोन सिमोन्डले २ विकेट झारे। साद विन जफर र अविशेष गौतमले समान एक विकेट लिए।

वेन केनस्टाइनले बनाएको ३१ रन नै चितवनका लागि सर्वाधिक रह्यो। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। नर बहादुर कार्की २२ र रिजन ढकाल २२ रनमा नटआउट रहे।

कुशल मल्लले २० रन थपे। रवि वोपारा १२ रन बनाउँदै आउट भए। चौथो ओभरमा नै १६ रन बनाउँदा तीन विकेट गुमाएपछि चितवन दबाबमा आएको थियो।

ओपनर विपिन रावल ५ रन बनाउँदा रेमोन सिमोन्डको बलका सन्तोष घिरैयाको हातबाट क्याच आउट भए। तेस्रो ओभरको अन्तिम बलमा सन्तोष कार्की १० रन बनाउँदा रोहित पौडेलको बलमा सादविन जफरको हातबाट क्याच आउट भए।

चौथो ओभरको पहिलो बलमा १ रन बनाएका सोहेल तनविर रोेहित पौडेलबाट कट एण्ड बोल्ड भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ  गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो।

पाँचौँ विकेटका लागि कप्तान रोहित पौेडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए। लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो।

कप्तान पौडेलले बनाएको ८० रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले १४.१ ओभरमा ४३ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।

जफर ३५ बलमा ५३ रन थप्दै रनआउट भए। जफरले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। सन्दीप जोरा ४ रनमा अविजित रहे।

ओपनर अर्जुन साउद सातौँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा रन्जित कुमारको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए।

ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए।

सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे।

टोम मोरिस १० रन बनाउँदै कुशल मल्लको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याचआउट भए।

चितवनका रिजन ढकालले तीन विकेट लिए। कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे।

सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेट विहिन भएका हुन्। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेट विहिन थिए।

मंगलबारको खेलमा लुम्बिनीले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उन्मुक्त चन्द सुरुवाती ११ मा आएका छन्।

चितवनले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। चितवनले हसन इसाखिलको स्थानामा लुक वेनकेस्टाइनको र दिपक बोहोराको स्थानमा नर बहादुर कार्कीलाई मौका दिएको छ।

लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले तथा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो। तेस्रो खेलमा सुदुरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुर बोल्ट्ससँगको खेल १ रनले गुमाएको थियो।

चितवनले पहिलो खेलमा काडमाण्डु गुर्खाजलाई ५ विकेटले तथा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। आफ्नो तेस्रो खेलमा कर्णालीसँग भने ६ विकेटले पराजित हुँदा सुदुरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित