Khabar Samachar

विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन – रेखा शर्मा

220
VIEWS

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेकी छन्।

प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले भनिन्, “प्रधानमन्त्रीले भावनात्मक र एउटा मान्छेको विषयमा बोलेको विषयलाई उठाएर संसद् अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा माग्ने काम नियोजित देखिएको भन्दै विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन ।”

‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ।

सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ, मन्त्री शर्माले भने,‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन। सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन। राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन।’

संसद्मा विपक्षी दलले असान्दर्भिकरूपमा विषयवस्तु उछालेर गतिरोध गरेकामा आपत्ति प्रकट गर्दै मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उनको भनाइ थियो।

उनले सदनमा उठाइएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्न समय मागेकाले त्यसपछि गतिरोध हट्ने विश्वास व्यक्त गरे।

उनले भनिन्,‘मन्त्री शर्माले देश र जनतालाई साक्षी राखेर म देशका लागि केही गर्छु भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ,यस अवस्थामा सरकारलाई सहजताका साथ काम गर्न दिन संसद्ले सहयोग गर्नुपर्छ
।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित