भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिएको छ। मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए। बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो।
गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ।
Discussion about this post